२०८३ बैशाख २६, शनिबार

झापा-५ स्थित बालेनको सम्पर्क कार्यालयमा तोडफोड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहले को चुनावी अभियानका लागी झापा-५ मा खोलेको सम्पर्क कार्यालयमा तोडफोड भएको छ ।

कमल गाउँपालिका- २ स्थित पार्टीको सम्पर्क कार्यालयमा ढुंगा प्रहार गरिएको हो । प्रहरीले कसले तोडफोड गरेको भन्ने बारे नखुलेको जानकारी दिएको छ ।

झापा- ५ मा बालेन र एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा रहेकाले यस क्षेत्रप्रति सबैको चासो रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्