कुर्था–जयनगर रेल्वे ट्रकको क्लिप पुनः चोरी भएको छ । यसअघि रेल्वे ट्रकका झण्डै १६ हजार क्लिप र नट चोरी भएका थिए । रेल्वे ट्रकको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धकले फेरि करिब १४ हजार क्लिप र त्यसमा लाग्ने नट चोरी भएको बताएका छन् । प्रहरी वा रेल्वेका कर्मचारीले चाहेर मात्रै रेलको सम्पति संरक्षण हुन नसक्ने भन्दै उनले चोरी भएका क्लिप पुनः भारतीय पक्ष लगाइदिने कुरा भएको जानकारी दिएका छन् । महाप्रबन्धकले रेल चलाउन अझैसम्म लाग्न सक्ने बताएका छन् ।
रेल सञ्चालन सम्बन्धी कानुन बने पनि रेलको टिकट, कर्मचारीको व्यवस्थापन अझै हुन नसकेको उनले बताएका छन् ।सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर–विजलपुर––बर्दिवास रेल सेवा संचालनका लागि सहमति भएको थियो । तर पहिलो चरणमा कुर्था–जयनगरसम्म मात्रै रेल सेवा संचालनको तयारी भए पनि अझै सुरु हुन सकेको छैन ।
मध्य मंसिरमा जनकपुर रेल्वे स्टेशनमा पुगेकी भौतिक पुर्वाधार तगा यातायात मन्त्री रेणु यादवले रेल सञ्चालन सम्बन्धी अध्यादेशबाट ल्याएको कानुन पास भइसकेकोले बढीमा एक महिनाभित्र रेल सञ्चालन हुने दाबी गरेकी थिइन् । तर, मन्त्री यादवले प्रतिवद्धता जनाएको एक महिना पूरा हुँदा पनि रेल सञ्चालनको टुंगो छैन ।
हुन त रेल सञ्चालनको प्रतिवद्धता जनाउने मन्त्रीको संख्या नै तीन नाघिसकेको छ ।यसअघिका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पनि यस्तो प्रतिवद्धता पटकपटक गरेका थिए । त्यसकारण मन्त्री यादवले रेल चलाउने प्रतिवद्धता गरिरहेका सर्वसधारण जनतामा खासै उत्साह थिएन् ।
मंगलबार भारतीय रेल्वे कम्पनी कर्पोरेसन (कोङकण) को टोलीले कुर्था–जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधार कार्यको निरीक्षण गर्दा पनि सर्वसधारणमा उत्साह थिएन ।कोङकणका निर्देशक मनोज सिंह नेतृत्वको टोलीले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि तयारी पारिएको भौतिक पूर्वाधार र रेल सञ्चालनका लागि नेपालको तर्फबाट भइरहेको तयारीको विषयमा जानकारी लिएका थिए ।







प्रतिक्रिया लेख्नुहोस्