पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठीमा एक बालकको हत्याको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेलको हत्याको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षकले जानकारी दिएका छन् । पक्राउ परेकाहरुको नाम सर्वजनिक गरिएको छैन । यसबारे थप १५ जनालाई सोधपुछका लागि आवश्यक प्रक्रिया अघि बढाएको प्रहरीले जानकारी दिएका छन् ।
गाउँको पूर्वपट्टि रहेको उखुबारीमा शुक्रबार मन्टु मृत अवस्थामा फेला परेका जानकारी दिइएको छ । रासस







प्रतिक्रिया लेख्नुहोस्