काठमाडौं महानगरपालिका–३ बाँसबारीमा साढे दुई तले घर भासिएको छ।
महानगरपालिकाका अनुसार बिहीबार राति करिब ८ बजे घर भासिएको हो। उक्त घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालनमा थियो।
घर भासिने समयमा मानिस नरहेकाले मानवीय क्षति भने भएको छैन। महानगरका अनुसार लगातारको वर्षाका कारण घर भासिएको हो।
प्रहरीका अनुसार घर आसपासका अन्य संरचनासमेत जोखिममा रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।







प्रतिक्रिया लेख्नुहोस्