मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २२ औं संस्करण आउँदो १२ पुषदेखि हुने भएको छ ।
ुखेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौुं भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा खेल हुने भएको हो । प्रतियोगिता २३ पुषसम्म चल्नेछ । एन्फाले खेलको मिति तय गरिदिएसँगै तयारीमा जुटेको आयोजक क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज)ले जानकारी दिए ।
पोखरा रंगशाला स्थित फुटबल मैदानमा हुने प्रतियोगितामा तीन विभागीय, ए डिभिजन, मोफसल, आयोजक र विदेशी गरि १२ टोलीको सहभागिता रहने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए ।







प्रतिक्रिया लेख्नुहोस्