आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नामिबियाविरुद्ध जित निकालेको छ । मंगलबार त्रिवि मैदानमा नेपालले १४ बल बाँकी रहँदै दुई विकेटको जित निकालेको हो ।
जितका लागि नेपालले २८६ रनको लक्ष्य पाएको थियो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरे । योसँगै भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक प्रहार गर्ने चौथो खेलाडी बने ।
यसअघि, नेपाली टिमबाट पारस खड्का, दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्