आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डले दिएको २१३ रनको चुनौती नेपालले ८ विकेटको क्षतिमा ३५ बल बाँकी छँदै लक्ष्य भेट्टाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले १०१ बलमा ९५ रन जोडेका थिए । साथै करण केसीले ३१ रन जोडे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६।१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो । स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाउँदा म्याथ्यु क्रसले ४२, ब्रान्डन म्याकमुलेनले ३१, काएल कोट्जर र क्रिस म्याब्राइजले समान २२ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्