२०८२ अशोज २१, मङ्लबार

एनपीएलबाट क्यानले कमायो २७ करोड ६९ लाख

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)बाट २७ करोड ६९ लाख बढी आम्दानी गरेको छ । बिहीबार मूलपानीमा बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणबाट प्राप्त आय–व्ययको विवरणको सार्वजनिक गरेको हो ।

जसमा एनपीएलको पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रूपैयाँ रहेको छ । कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रूपैयाँ रहेको प्रतियोगिताबाट क्यानले ७ करोड ५३ लाख ९१ हजार २५९ रूपैयाँ मुनाफा आर्जन गरेको छ ।

प्राप्त नाफामध्ये ८ वटा फ्रेन्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको छ । जसअनुसार टोलीहरूले कूल ४ करोड ३७ लाख ४० हजार ४७० रूपैयाँ प्राप्त गरेका छन् ।

राजस्व बाँडफाँडपछिको क्यानको शुद्ध नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रूपैयाँ रहेको क्यानद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्