२०८३ अशोज ८, बिहिबार

समूह चरणको अन्तिम खेलमा नेपाललाई जित

जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपालले मलेसियालाई ७३–५२ अंकले पराजित गरेको छ।

समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले मलेसियामाथि सान्त्वना जित निकालेको हो । यसअघि खेलेका तीनवटै खेलमा पराजित भएकाले नेपाल यसअघि नै समूह चरणबाट बाहिरिसकेको थियो ।

मलेसियाविरुद्धको जितसँगै नेपालले प्रतियोगिताको अन्तिम खेलमा विजयी हुँदै पुरुष कबड्डीको यात्रा टुंग्याएको छ ।

प्रतिक्रिया लेख्नुहोस्