२०८३ भदौ १५, सोमवार

बाढीपहिरो प्रभावित डिसहोम ग्राहकलाई निःशुल्क इन्टरनेट सेवा

विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित ग्राहक तथा उपभोक्ताप्रति सहयोग र ऐक्यबद्धता जनाउँदै डिसहोमले प्रभावित क्षेत्रमा आफ्ना इन्टरनेट ग्राहकलाई १५ दिनको थप निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।

प्राकृतिक विपद्का कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला सूचना, सञ्चार तथा आपतकालीन समन्वयमा इन्टरनेट सेवाको महत्वपूर्ण भूमिका हुने भएकाले प्रभावित ग्राहकलाई सेवा निरन्तरता दिन यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

डिसहोम इन्टरनेटको पहुँच पुगेका त्रिशूली, बट्टार, गल्छी, आदमघाट र मलेखु लगायतका विपद्प्रभावित क्षेत्रमा रहेका ग्राहकले थप निःशुल्क इन्टरनेट सेवा पाउनेछन्।

कम्पनीका अनुसार विपद्को कठिन परिस्थितिमा ग्राहक तथा प्रभावित समुदायसँगै उभिनु, सेवा निरन्तरता कायम राख्नु तथा सूचना र सञ्चारमा सहज पहुँच प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा हो।

डिसहोमले प्रभावित ग्राहकलाई विषम परिस्थितिमा धैर्यधारण गर्न आग्रह गर्दै सेवा तथा प्राविधिक सहयोग आवश्यक परे सम्बन्धित सेवा केन्द्र वा आधिकारिक ग्राहक सेवा माध्यममार्फत सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्