२०७९ अशोज ९, आइतवार

तामाङ रिमठीमद्वारा आयोजित कार्यशाला गोष्ठी सम्पन्न

पर्यटन क्षेत्रमा आबद्ध तामाङहरुको साझा संस्था “तामाङ रिमठीम पर्यटन संजाल” ले आयोजना गरेको “Practical workshop on guiding Buddhist monument/site for Tour & Trekking guides” कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको श्रीघः ठहिटीमा रहेको थेराबादी विहार र चैत्यको प्राङ्गणमा आज आयोजित कार्यशाला गोष्ठीमा टीआरटीएनका सदस्यहरु र पर्यटन क्षेत्रमा आबद्ध अन्य व्यक्तिहरु गरि ३५ जनाको सहभागिता रहेको थियो । सहभागीहरुको परिचयबाट शुरु भएको कार्यक्रममा संस्थाका तालिम संयोजक कुमार तामाङले सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई श्रीघः सम्पदा क्षेत्रको बारेमा पुराना अनुभवी टुर गाइडहरुबाट विस्तृत जानकारी दिनुका साथै त्यस विहारको महत्वको बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रमको अन्त्यमा विषयवस्तुमा केन्द्रित रहेर खुल्ला अन्तरक्रिया सत्रमा सहभागीहरुले आ–आफ्नो जिज्ञासाहरु राखेका थिए । सहभागीहरुको प्रश्नको जवाफ दिने क्रममा संस्थाका अध्यक्ष श्री अम्बर बम्जन तामाङ र टुरगाइड श्री माधव श्रेष्ठले आफुले जानेबुझेका कुराहरु सविस्तार राख्नुभएको थियो । संस्थाले आगामी दिनहरुमा यसैगरि विभिन्न पर्यटकीय क्षेत्रमा यस्ता कार्यक्रमहरुको आयोजना गर्दै जाने योजना रहेको संस्थाका सचिव एनडी क्षितिजले बताए ।

प्रतिक्रिया लेख्नुहोस्