२०८० चैत्र १४, बुधबार

विश्व कीर्तिमानी तामाङको स्वास्थ्यस्थिति बुझ्न प्रचण्ड अस्पतालमा

ललितपुर । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्नुभएका आरोही शम्भु तामाङको स्वास्थ्यस्थितिबारे अध्यक्ष प्रचण्डले जानकारी लिनुभएको छ । आज बिहान ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुगी उहाँको स्थास्थ्य स्थितिबारे अध्यक्षले जानकारी लिनुभएको हो ।

वि.सं. २०३० साल वैशाख २३ गतेका दिन सबैभन्दा कम उमेर (१७ वर्ष ६ महिना) मा सगरमाथाको सफल आरोहण गरी गिनिज बुकमा वर्ल्ड रेकर्ड राख्न सफल सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–२ घर भई हाल महाराजगञ्ज निवासी तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा हुनुहुन्छ । तामाङको स्वास्थ्य अवस्थाबारे अध्यक्ष प्रचण्डले चिकित्सकहरुबाट जानकारी लिनुभयो ।

अध्यक्षले उहाँको विगत र अहिले भईरहेको स्वास्थ्य अवस्थाबारे कुराकानी गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले देशका लागि तामाङले पुर्याउनु भएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्