२०८३ बैशाख १७, बिहिबार

तालिबानलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गरिने

अगानिस्तामा कब्जा जमाउँदै गएको तालिवानले आफूहरुले सबै अफगानीको समावेशी सरकार चाहेको जनाएको छ ।  तालिवान प्रवक्ता सुहाइल शाहीनले आफूहरुले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणको प्रतिक्षामा रहेको बताएका छन् ।

उनले तालिवानले इस्लामिक सरकार चाहेको पनि बताएका छन् ।शाहीनले तालिवानले महिलाहरूको सम्मान गर्ने बताए । उनका अनुसार महिलाहरूलाई शिक्षा र काममा पहुँच हुनेछ । उनीहरूले हिजाब लगाउन पाउनेछन् । उनले कसैले पनि देश छाड्नु नपर्ने, आफूलाई सबै सक्षम व्यक्तिहरू चाहिएको र सबै दशमै बसेर सहभागी होऊन् भन्ने चाहेको बताए ।अफगानिस्तानका राष्ट्रपति अशरफ घानी तालिबानलाई सत्ता सुम्पिन तयार भएका छन्। आइतबार दिउँसो एक भिडियो सार्वजनिक गर्दै सरकारको तर्फबाट कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले सत्ता हस्तान्तरण शान्तिपूर्ण रुपमा हुने जनाएका छन्।

उनले अब अन्तरिम सरकार गठन हुने बताए। उनले भिडियोमा भनेका छन्, ‘काबुलमा कुनै पनि प्रकारको हिंसा हुने छैन। तालिबानले आफ्ना लडाकूहरुलाई काबुल प्रवेशमा रोक लगाउन आदेश दिए संक्रमणकालीन सरकारलाई ‘शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण’ गरिनेछ।’ शनिबार मात्र राष्ट्रपति घानीले जनतामाथि ‘युद्धको भार थप्न नदिनेु बताएका थिए। टेलिभिजनमार्फत एक रेकर्डेड सन्देश सार्वजनिक गर्दै घानीले अफगानिस्तानले पछिल्ला २० वर्षमा जे हाँसिल गरेको छ, त्यो उपलब्धि हराउन नदिने बताएका थिए।

‘हामी अफगानिस्तानको थप हत्यालाई अनुमति दिने छैनौं, न त हामी सार्वजनिक सम्पत्तिलाई थप विनाश गर्न दिनेछौ’ उनले भनेका थिए। राष्ट्रपतिले अफगानी जनताहरू आफ्नो भविष्यको लागि चिन्तित रहेको बताएका छन्।शनिबार दिउँसो सरकारी टेलिभिजन मार्फत देशलाई सम्बोधनका क्रममा पदबाट राजीनामा गर्ने अनुमान पनि चलिरहेको थियो। तर उनले राजीनामा दिएनन्। उक्त भिडियो सन्देश सार्वजनिक गरेको २४ घण्टा नबित्दै तालिबानले काबुलको चारैतर्फ घेरिसकेका छन्। तालिबानका लडाकु शहरभित्र पुगिसकेको बिबिसीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्