२०८३ बैशाख १८, शुक्रबार

नागढुंगा–नौबिसे सडकखण्ड अवरुद्ध हुँदा यात्रुलाई सास्ती

अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुंगा–नौबिसे सडकखण्ड अवरुद्ध भएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षकका अनुसार त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको हो । अहिले राजधानीबाट नागढुंगा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारीसाधन लाइनमा बस्नुपरेको छ । पहिरो पन्छाउनका लागि प्रहरीको टोली घटनास्थलसम्म पुगिसकेको नायब उपरीक्षकलृे जानकारी दिएका छन् ।

सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोलानजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटक–पटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्