२०८३ असार १९, शुक्रबार

एमसीसी अनुदान भएकोले अनावश्यक राजनीति गर्न मिल्दैन: प्रधानमन्त्री देउवा

नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० अनुदान भएकोले अनावश्यक राजनीति नगर्न आग्रह गरेका छन् ।

मंगलबार काँग्रेसको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले देश विकासका लागि अनुदान ल्याएर ऋण घटाउने गर्नुपर्ने भन्दै यो विशुद्ध अनुदान भएको दाबी गरेका हुन् ।बैठकमा सांसदहरुले एमसीसीका विषयमा उठेका प्रश्न र त्यसले पार्टी र सरकारलाई पुर्‍याएको नोक्सानीका बारेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।

सांसदहरुलाई जवाफ दिदै उनले एमसीसीमार्फत नेपालमा विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नति गरिने बताएका छन् । साथै उनले एमसीसी नेपालमा यत्तिकै नआएको बताउदै कानुनी प्रक्रिया पुरा गरेर प्रतिष्पर्धाबाट आएको बताएका छन् । प्रधानमन्त्री देउवाले एमसीसीमा अनावश्यक राजनीति गर्न आवश्यक नरहेको स्पष्ट गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्