२०८३ बैशाख २९, मङ्लबार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरू

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरू भएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्बन्धमा छलफल हुने बताइएको छ ।

बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी छन् । सरकार गठन भएको दुई महिना बित्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । राजनीतिक दलसम्बन्धी अध्यादेश निस्क्रिय गराएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा सत्ता गठबन्धन रहेको थियो । अध्यादेश संसद्मा पेश भएको छ ।

त्यसैगरी, सत्ता गठबन्धनको बैठकमा एमसीसीका सम्बन्धमा पनि छलफल हुने जानकारी दिइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्