२०८३ असार १९, शुक्रबार

सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको छ: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको बताएका छन् । ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियुका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

अनेरास्ववियूको नयाँ नेतृत्वको शपथग्रहणका लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले जनताले भयरहित ढंगले जीवनयापन गर्न चाहेको र त्यसविरुद्ध सरकार लागे प्रतिवादमा उत्रनुको विकल्प नरहेको बताएका छन् । ओलीले सरकारले जनतालाई दुःख दिने काम मात्रै गरेकाले आफूहरूले आपत्ति जनाउनुपरेको बताएका छन् ।

अध्यक्ष ओलीले जनताको हितमा केन्द्रित भएर अघि बढ्न पनि अनेरास्ववियुका नेता, कार्यकर्तालाई सचेत गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्