प्रधानसेनापति अशोकराज सिग्देल ७ दिने औपचारिक भ्रमणका लागि सोमबार बेलायत प्रस्थान गरेका छन्। बेलायती समकक्षी रोले वाकरको निमन्त्रणामा प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान गरेका हुन्।
प्रस्थान गर्नुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले बिदाइ गरेका थिए। उक्त भ्रमणले सदियौदेखि रहँदै आएको दुई देश बीचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जंग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।







प्रतिक्रिया लेख्नुहोस्