प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा विभिन्न समसामयिक विषयमा छलफल तथा निर्णय हुने बताइएको छ। बैठकले प्रशासनिक, आर्थिक तथा नीतिगत विषयमा समेत निर्णय गर्न सक्नेछ।
मन्त्रिपरिषद् बैठकपछि भएका निर्णय सार्वजनिक गरिनेछ।







प्रतिक्रिया लेख्नुहोस्