प्रधानमन्त्री देउवाले आफ्नै पार्टीका नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्दे हुनुहुन्छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता जनाउन हतार भएपछि प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री नियुक्त गर्न लाग्नु भएको हो ।
सत्तारुढ गठबन्धनको मंगलबार बसेको बैठकमा परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति जुटाएर खड्कालाई मन्त्री बनाउन लागिएको हो । डा. खड्कालाई आज परराष्ट्रमन्त्री नियुक्त गरेर आजै सपथ गराउने तयारी भएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री देउवाले यस विषयमा कांग्रेस पार्टीमा भने छलफल गर्नुभएको छैन ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुको सहमति विना मन्त्री नियुक्त गरिए स्वीकार्य नहुने प्रतिक्रिया दिनुभएको छ ।







प्रतिक्रिया लेख्नुहोस्