२०८३ बैशाख २६, शनिबार

भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार (भोलि) मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बुधबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले बिहीबार सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक बस्ने र सरकार विस्तार हुने ‘ब्रिफिङ’ गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।

उनका अनुसार माओवादीका तर्फबाट अब तीन मन्त्री र एक राज्यमन्त्री थपिनेछन् । माओवादीका तर्फबाट अहिले जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा सहभागी छन् ।मन्त्रीका विषयमा भने आजको बैठकमा छलफल नभएको स्थायी कमिटी सदस्य गणेश साहले बताएका छन् । आजको बैठकमा पार्टीको सम्मेलनलगायत विषयमा छलफल भएको उनले जानकारी दिएका छन् ।

उनका अनुसार सरकारले संसद् अधिवेशन अन्त्यको तयारी गरेको छ । भोलि संसद् बैठक बसेपछि अधिवेशन अन्त्यको तयारी गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्