नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लोपटक प्रतिक्रियावादी विरुद्धको लडाइमा क्रान्तिकारीहरुको जीत भएको बताएका छन् । अखिल क्रान्तिकारीको २२ औं सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गत पुस ५ गते भएको संसद विघटन मात्रै नभएर प्राप्त उपलब्धि र संविधान समेत नष्ट गर्ने अभिप्रायले गरिएको बताएका छन् ।
त्यसबेला आफुसँग प्रतिक्रियावादीसँग लड्ने कि आत्मसमपर्ण गर्ने भन्ने विकल्प रहेको भन्दै आत्मसमर्पण नगरी लडेकाले क्रान्तिकारीहरुकै जीत भएको बताएका छन् । ‘त्यसबेला मेरो अगाडि पनि ठुलो प्रश्न खडा भयो । लडाई गर्ने कि छोड्ने भन्ने’, प्रचण्डले भगतसिंहको फिल्मको उदाहारण दिँदै मारिनुपर्ने भएपनि मारिने भन्ने संकल्प गरेर सडक आन्दोलन सुरु गरेको बताएका छन् । उनले सडकमा आएपछि आनन्द भएको भन्दै देशव्यापी अभियानमा लाग्दा पदप्रति आशक्तहरु पनि सडकमा आएको बताएका छन् ।
उनले आफुहरुले सोचेजस्तो क्रान्ति पुरा नभएपनि त्याग र बलिदान खेर नगएको बताएका छन् । प्रचण्डले क्रान्तिकै कारण राजतन्त्र गएर संघीयता आएको भन्दै परिवर्तन जनताको सहभागिता विना सफल नहुने बताएका छन् । उनले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने सम्भावना अझै रहेकाले त्यसतर्फ लाग्न अपिल गरेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्