२०८३ जेष्ठ १, शुक्रबार

नेकपा एमालेको जारी विधान महाधिवेशनमा समूहगत छलफल शुरू

नेकपा एमालेको गोदावरीमा जारी विधान महाधिवेशनमा समूहगत छलफल शुरू गरिएको छ ।महाधिवेशनमा पेश गरिएका राजनीतिक, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न समूह क–ञसम्म बनाइएका छन् ।

शनिवार बिहान साढे ८ बजेदेखि समूहगत छलफल शुरू भएको केन्द्रीय कार्यालय सचिवले जानकारी दिएका छन् । सातै प्रदेश, जनसंगठन विशेष कमिटीहरू, केन्द्रीय निकायका छुट्टाछुट्टै समूह बनाइएका छन् ।शुक्रवारदेखि शुरू भएको विधान महाधिवेशन आइतवारसम्म सञ्चालन हुनेछ ।

शुक्रवारको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्