नेपालमा कोरोनाभाइरसबाट हालसम्म ११ हजार ४ सय ८२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ७७ जना संक्रमित थपिएका छन् । यससँगै पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ६ सय ७२ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १ सय ७४ पुगेको छ ।
हाल संक्रमितमध्ये ७ लाख ९८ हजार ७ सय १४ निको भएको मन्त्रालयले जनाउको छ । हाल देशभर सक्रिय संक्रमित ७ हजार ४ सय ७६ जना रहेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्