नेपालमा थप २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३२ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा २ सय १३ जनाको नतिजा पोजिटिभ आएको हो ।
चार हजार ९ सय ७ नमुनाको पीसीआर परीक्षण गर्दा १ सय ९७ र एक हजार ७ सय २५ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको हो ।पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर तीनजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय २१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३ सय २५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या आठ लाख दुई हजार ४७ पुगेको छ ।हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या सात हजार १ सय ५६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्