पछिल्लो २४ घण्टामा देशभर २ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ७८ जनामा गरिएको परीक्षणमा २ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ भने ३ सय ७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या ५८ सय ८३ रहेकोे छ ।







प्रतिक्रिया लेख्नुहोस्