२०८३ बैशाख २९, मङ्लबार

कांग्रेसमा १२६ पदको नतिजा सार्वजनिक, आजै मतगणना सकिने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको नेतृत्व चयनको मतगणना अन्तिम चरणमा पुगेको छ। तीन क्लस्टरबाहेक सबैको नतिजा सार्वजनिक भइसकेको छ। खस आर्य, दलित र आदिवासी जनजातिबाहेक सबै क्लस्टरको नतिजा सार्वजनिक भएको निर्वाचन समिति सदस्यले जानकारी दिएका छन् ।

उनका अनुसार १२६ पदको नतिजा सार्वजनिक भइसकेको छ। अन्य तीन क्लस्टरको पनि आजै नतिजा सार्वजनिक हुनेछ। बाँकी रहेको मतगणना आज बिहान १० बजेदेखि सुरु गरिने उनले बताएका छन् । कांग्रेसमा १३ पदाधिकारीसहित १३४ पदमा निर्वाचन भएको थियो। ‍पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरुको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको छ।

मतगणनाअनुसार देउवाइतर समूहको कमजोर उपस्थितिले देउवालाई पार्टीभित्र थप शक्तिशाली देखिएका छन्। पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवा निकट नेताको पक्षमा परिणाम देखिएका छ। महाधिवेशनको उद्‍घाटन गत मंसिर २४ गते भएको थियो। यसको तीन दिनपछि मंसिर २७ गते नयाँ नेतृत्वका लागि निर्वाचन भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्