नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा क्लस्टरअनुसार उम्मेदवारी दिनका लागि प्रदेश इन्चार्जमार्फत आवेदन दिनुपर्ने भएको छ । माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्षले आइतबार बन्दसत्रलाई यसबारे जानकारी दिएका हुन् ।
उनले विधानअनुसार विभिन्न क्लस्टरमा जानैपर्ने भएकाले क्लस्टर अनुसार मिलाएर आवेदन दिनका लागि यस्तो व्यवस्था गरिएको जानकारी दिएका छन् । क्लस्टर मिलाएर आवेदन दिन जटिल भएको भन्दै उनले त्यसको सहजताका लागि स्थायी कमिटीमा छलफल गरेर नै यो निष्कर्षमा पुगेको बताएका छन् ।
जुन क्षेत्रका लागि जति कोटा हो, त्यसअनुसार नै आवेदन आउने गरी प्रदेशका इन्चार्जसँग सम्पर्क राखेर क्लस्टर अनुसार आवेदन गर्नुपर्ने उनले बताए । आवेदन शुल्क एक हजार रुपैयाँ तोकिएको पनि उनले जानकारी दिएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्