धनुषामा स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । बिहीबार नगराइन नगरपालिका–२ बाट ३८ लाख ३५ हजार रुपैयाँसहित युवक पक्राउ परेका हुन् ।
भारतबाट नेपालतर्फ रकम लुकाइछिपाइ ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१, सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकले जानकारी दिएका छन् ।
उनका अनुसार पक्राउ परेका यादव प्रदेश २–०२–००१ प ०४८८ नम्बरको मोटरसाइकलमा उक्त रकमका साथ आउँदै थिए ।







प्रतिक्रिया लेख्नुहोस्