काठमाडौं उपत्यकाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ । भक्तपुरमा गएको शुक्रबारदेखि मोर्डना खोप दिइँदै छ भने काठमाडौं र ललितपुरमा मंगलबारदेखि फाइजर खोप दिइने छ ।
पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेका केन्द्रबाट बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुखले जानकारी दिएका छन् । काठमाडौं र ललितपुरमा पनि विद्यालय र यसअघि तोकिएका दुवै केन्द्रबाट खोप दिइनेछ । विद्यालय नगएका तर ११ देखि १७ वर्षसम्मका बालबालिकाले पनि उमेर खुल्ने परिचयपत्रका आधारमा खोप लगाउन पाउनेछन् ।
लक्षित सबै बालबालिकालाई ‘कभरेज’ नभएससम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।११ देखि १७ वर्षसम्मका बालबालिकाको संख्या भक्तपुरमा ५० हजार, ललितपुरमा ७१ हजार र काठमाडौंमा दुई लाख ५० हजार रहेको स्वास्थ्य कार्यालयहरूको तथ्यांक छ ।यीबाहेक अरू ५७ जिल्लामा पनि यो उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको मोर्डना खोप दिने कार्यक्रम जारी छ ।







प्रतिक्रिया लेख्नुहोस्