राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । आउँदो माघ १२ गते हुने उक्त निर्वाचनका लागि आचारसंहिता लागु गरिएको हो ।
‘मिति २०७८र१०र१२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि यस आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७२ भोलि मिति २०७८र०९र२६ गतेदेखि देहायबमोजिमका व्यक्ति, निकाय तथा अधिकारीलाई लागु गरिएको छ,’ निर्वाचन आयोगद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘आचारसंहिताको पालना गर्नु सम्बन्धित सबैको कानुनी तथा नैतिक दायित्व भएको र उल्लंघन भएमा कानुनी कारबाही समेत हुने हुँदा आचारसंहिताको पूर्ण रूपमा पालना गर्नरगराउन आयोग सम्पूर्ण सरोकारवालाहरूमा निर्देश गर्दछ ।’
आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबारै उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो । उमेदवारहरूलाई निर्वाचन चिह्न पनि दिइएको थियो ।








प्रतिक्रिया लेख्नुहोस्