२०८३ बैशाख १९, शनिबार

नारायणी नदीको भङ्गालोमा भेटिए नयाँ प्रजातिक चरा

यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा दुई प्रजातिका नयाँ चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजकले यस वर्ष नवलपुर क्षेत्रमा कालोटाउके गङ्गाचिल र ग्रेटर हवाइट फन्टेड गुज नामक चरा भेटिएको जानकारी दिएका छन् ।

“यी दुई प्रजातिका चराहरु गतवर्षको पक्षी गणनामा भेटिएका थिएनन्, तर यसपालिको गणनामा नारायणी नदीको भङ्गालोमा भेटियो”, उनले भने । चरा गणनाका क्रममा यस वर्ष नवलपुर क्षेत्रमा ३८ प्रजातिका जलपक्षी भेटिएको जनाइएको छ । गत वर्ष देखिएका विभिन्न १० प्रजाति चरा भने यस वर्ष देखा नपरेको उनले बताएका छन् ।

“चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा गत वर्ष ४६ प्रजातिका चरा गणना भएका थिए”, संयोजकले भने, “यस वर्षको गणनामा हामीले सिम कुखुरा, सिन्दूरे हाँस, तपकिरी फटाकडी, सुइरोपुच्छ्रे«, सुनजुरे हाँस, ग्रेटर पेन्टेड स्निप, कमन स्निाप, कैलोटाउके हाँसलगायतका १० प्रजातिका चरा फेला पारेनौँ ।”

नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार वटा समूह बनाएर चरा गणना गरिएको थियो । गत वर्षको तुलनामा यसवर्ष चराको समग्र सङ्ख्यामा समेत धेरै कमी जनाइएको छ । साइबेरियालगायत उत्तरी गोलाद्र्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा धेरै सङ्ख्यामा खोया हाँस देखिएका उनले बताएका छन् ।

गत वर्ष चरा गणनामा खोया हाँस ९३२ देखिएको थियो भने यस वर्षको गणनामा एक हजार २१० देखिएको हो । कुनै प्रजातिका चरा गतभन्दा बढी र कुनै प्रजातिका चरा गतवर्षको तुलनामा न्यून देखिएको उनले जानकारी दिएका छन् । चखेवाको सङ्ख्यामा यो वर्ष गिरावट आएको छ । गत वर्ष पाँच हजार ५९३ चखेवा गणना गरिएकोमा यस वर्ष चार हजार दुई मात्र गणना गरिएको थियो ।

निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा भने खासै फरक नदेखिए पनि आगन्तुक चराको सङ्ख्यामा धेरैनै कमी आएको उनले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्