२०८३ बैशाख २, बुधबार

गीत ‘आलु मीठो उसिनेको’ सार्वजनिक

दर्शकमाझ ‘तक्मेबुढा’का रुपमा परिचित हाँस्य कलाकार विल्सनविक्रम राईले ‘आलु मीठो उसिनेको’ बोलको गीत सार्वजनिक गरेका छन् ।

गीतमा उनले श्रीमतीबाट पीडित बनेका श्रीमानहरुको कथालाई प्रस्तुत गरेका छन् । विल्सनकै स्वर, शब्द तथा संगीत रहेको भिडियोमा विल्सनसँगै लुक्छना राई, विशाल लिम्बू, रचन रिमाललगायत फिचर्ड छन् ।

विल्सनकै निर्देशन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन र विक्रम डीसीको छायांकन छ ।

प्रतिक्रिया लेख्नुहोस्