२०८३ बैशाख १९, शनिबार

ट्याटु खोपाउने लाइनमा बसेका युवकको मृत्यु

भक्तपुरमा ट्याटु खोपाउने लाइनमा बसेका युवकको बेहोस भएर मृत्यु भएको छ ।

मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित ‘इन्क’ ट्याटुमा बेहोस भएका ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ताले जानकारी दिएका छन् । पुस २८ मा राति साढे ९ बजेतिर ट्याटु खोप्ने पालोमा बसेका खड्का बेहोस भएपछि ‘इन्क ट्याटु’का सञ्चालकले उनलाई सिनामंगल स्थित केएमसी अस्पतालमा लगेका थिए ।

अस्पतालमा उपचारको क्रममा उनको पुस २९ मा बिहान निधन भएको हो । घटनाबारे अनुसन्धान भइरहेको डिएसपीले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्