गायक प्रेम परियार गायनमा फर्किएका छन् ।
‘मर्ने कसैलाई रहर हुँदैन’ गीतबाट गायन सुरु गरेर एक समय चर्चा रहन सफल परियार विगत ५ बर्षदेखि गायन संगीत क्षेत्र बाहिर रहदै आएका थिए । यो मुटु त तिम्रै हो’ गीत मार्फत परियारले अहिले गायनमा कमब्याक गरेका छन् । गीतमा बिष्णु निरौलाको शब्द, राजेश थापाको संगीत छ ।
राजु कार्कीको एरेन्ज रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा डोमा क्षेत्री, सुप्रिया खनाल र प्रिया रानी लामाको अभिनय रहेको छ ।सागर प्रधानको छायाँकन र साहिल लम्सालको सम्पादन रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।







प्रतिक्रिया लेख्नुहोस्