गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एकजनाको मृत्यु भएको छ । शनिबार राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका९२८ गोलाघाटका ६० वर्षीय सुकबहादुर कुमाललाई गैंडाले आक्रमण गरेको थियो ।
अचेत अवस्थामा फेला परेका कुमालको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् । घाँस काट्न गएका सुकबहादुर अबेरसम्म पनि घर नफर्किएपछि स्थानीयहरू उनको खोजीमा गएका थिए । सुकबहादुरको शरीरमा लागेको चोटका आधारमा गैंडाले नै उनलाई आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको स्थानीयले बताए ।
मृतकको शवलाई भरतपुर अस्पतालमा राखिएको छ । यस विषयमा निकुञ्जलाई भने केहि जानकारी नरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारीले बताएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्