२०८३ असार २०, शनिबार

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो ।

प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत परेको हो ।यो प्रस्ताव अन्तर्गत प्रदेशको राजधानी धनुषा जिल्लाको उत्तरमा ढल्केबर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएको जनकपुरधाम रहने उल्लेख छ ।

संविधानमा प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले तोक्ने प्रावधान छ । उक्त प्रस्ताव दुई तिहाइभन्दा बढी मतबाट पारित भएसँगै प्रदेशको राजधानीसम्बन्धी अन्य प्रस्तावमाथि निर्णयार्थ कारवाही गरिएन ।

प्रदेशसभामा प्रदेशको राजधानी वीरगञ्ज (पोखरीया नगरपालिका, सखुआ प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, जीतपुर–सिमरा निजगढ हुँदै समरौनगढसम्म) तोक्ने प्रस्ताव र वीरगञ्ज महानगर तोक्ने प्रस्ताव पनि पेस भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्