२०८३ बैशाख २, बुधबार

द भ्वाइस अफ नेपाल सिजन ३ का फाइनलिस्ट आर्यनको ‘तिम्रोे खुशी’ सार्वजनिक

द भ्वाइस अफ नेपाल सिजन ३ का फाइनलिस्ट आर्यन तामाङको स्वर रहेको ‘तिम्रोे खुशी’ बोलको गीतको भिडियो रिलिज गरिएकोे छ । यो गीतमा अशोक खड्काको शब्द, निरोज लामाको संगीत छ ।

गीतले खुशी नारीको गहना भएकाले यसलाई सम्हालेर राख्नका लागि आग्रह गरेको भाव बोकेको छ । यो गीतको भिडियोेमा रोेशन कालिकोटे र रविना थिङको अभिनय हेर्न सकिन्छ ।अशोक खड्काको निर्देशनमा तयार भएको भिडियोमा सुशिल बानियाँको छायांकन, सुरेश राउतको सम्पादन छ ।

‘द भ्वाइस अफ नेपाल ३’को अन्तिम ४ मा पुगेपछि आर्यनको चर्चा चुलिएको थियो । आर्यन निरन्तर गीतसंगीतमा सक्रिय छन् ।

प्रतिक्रिया लेख्नुहोस्