२०८३ बैशाख १९, शनिबार

प्रहरीमा जागिर लगाइदिने नाममा आठ लाख ठगेको आरोपमा एक जना पक्राउ

प्रहरीमा जागिर लगाइदिने नाममा आठ लाख रुपैयाँ ठगेको आरोपमा एक जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बलरा नगरपालिका ७ गडहिया टोल बस्ने एमडी राजा भनिने इजराइल मन्सुरी रहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपीले जानकारी दिएका छन् । इजराइलले गाउँकै अतिबुला मियाँको छोरालाई प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ८ लाख रुपैयाँ ठगेको प्रहरीले जानकारी दिएको छ ।

उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस्