२०८३ बैशाख २, बुधबार

गीत ‘बासडोल नाम्सा’ सार्वजनिक

गायक देवकुमार तामाङको स्वरमा ‘बासडोल नाम्सा’ गीत सार्वजनिक भएको छ ।

सोमबार युट्युबबाट सार्वजनिक भएको तामाङ भाषाको गीतमा राजकुमार दोङ तामाङको शब्द र सङ्गीत तथा एरेञ्ज बुद्ध स्याङ्बाको छ । गीतमा देवकुमारलाई गायिका इन्दिरा गोलेले गायनमा साथ दिएकी छन् ।

गीतको भिडियोमा पाल्देन लामा‚ प्रताप लामा‚ कृष्ण वाइबा‚ गंगा घलान र कमला तामाङले अभिनय गरेका छन् । भिडियोको निर्देशन, छायांकन र सम्पादन सुमन तामाङले गरेका हुन् ।

 

प्रतिक्रिया लेख्नुहोस्