२०८३ बैशाख १९, शनिबार

प्युठान बिवाहको जीप दुर्घटनाप्रति मुख्यमन्त्री केसीद्वारा दु:ख व्यक्त

गए राती बेहुली लिएर फकिएको जीप दुर्घटना भएकोमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले शोक व्यक्त गरेका छन् । नौबहिनी गाउँपालिका लुङबाट बेहुली लिएर फर्किदै गरको बेहुली लिएर ग.१.ज. ५०९२ नम्बरको सवारी जीप गौमखी गा.पा.वडा नं. ६ ओखरपाटा दुर्घटनामा परी ८ जनाको मृत्यु भएको र ५ जना घाइते भएको प्रति केसीले शोक व्यक्त गरेका हुन् ।

त्यस दुर्घटनामा परि मृत्यु भएका नेपाली काँग्रेस गौमुखी गाउँपालिकाका उपसभापति गौमखी गा.पा–६ लिबाङ निवासी ३९ वर्षीय वसन्त खड्का, निजकी श्रीमती बसन्ती खड्काको छोरी ११ वर्षीय एलिसा खड्का, सोही स्थानकी २९ वर्षीय केशरी खड्का , ५० वर्षीय चालक बलबहादुर बुढामगर, ३२ वर्षीय खिम बहादुर खत्री, ५२ वर्षीय नन्दी खड्का र नौवहिनी ६ , खुङकी १८ वर्षीया विपना जि।सी। गरी ८ जना नागरिकको असामयिक दुःखद निधनले प्रदेश सरकारलाई दुःखित एवम् मर्माहत बनाएको छ ।

मृतकहरूप्रति प्रदेश सरकारको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मृत आत्माको जिसी सहित मृतक ८ जनाको मृत्यु भएको प्रति मुख्यमन्त्री केसीले भनेका छन्–‘ मृतकहरूको चिर शान्तिको कामनासहित दुःखको यस घडीमा सम्पूर्ण मृतकका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

‘साथै सो घटनामा परि घाइते हुनुभएका नौबहिनी गा.पा.वडा नं. ६ प्युठान निवासी २५ वर्षीय दानबहादुर खड्का (बेहुला), नौबहिनी गा.पा.वडा नं. ६ किमिचौर प्युठान निवासी २० वर्षीय रिमा जि.सी. (बेहुली), नौबहिनी गा.पा.वडा नं. ६ प्युठान निवासी २५ वर्षीय सावित्रा जि.सी., गौमुखी गा.पा. वडा नं. ६ लिबाङ प्युठान निवासी १७ वर्षीय नरेश खड्का, नौबहिनी गा.पा.वडा नं. ६ निवासी प्युठान वर्ष २१ की हरि बुढामगर लगायत गम्भीर घाइते हुनुभएका सम्पूर्ण घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ’– मुख्यमन्त्री केसीद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

त्यस्तै उनले भनेका छन्–‘यस दुर्घटनामा परी मृत्युवरण गर्ने र घाइतेहरूलाई तत्कालै उपचार गर्ने स्वास्थ्यकर्मी, उद्धार कार्यमा सहयोग गर्ने सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधि लगायत सबैमा धन्यवाद व्यक्त गर्दछु । साथै मृतकका परिवार र घाइतेहरूको उद्धार, उपचार लागि तत्कालै पहल गर्न सम्बन्धित पक्षलाई निर्देशन गर्दछु । अन्त्यमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली एवं शोकाकुल परिवारजनहरूमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

प्रतिक्रिया लेख्नुहोस्