२०८३ बैशाख १९, शनिबार

हिउँले कठ्यांग्रिएर दुईजनाको मृत्यु

जुम्लामा हिउँले कठ्यांग्रिएर दुईजनाको मृत्यु भएको छ । तातोपानी गाउपालिका९७ वारा गाउँका ४२ बर्ष मुन रावत र तातोपानी–८ की ३७ वर्षकी देवी शाहीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षकका अनुसार वडा नम्बर ७ का पुरुष गोठालो गएको समयमा हिउँमा परेर मृत्यु भएको र महिलाको सेतो चिनी कोर्न जाँदा मृत्यु भएको हो। यसैगरी तातोपानी गाउँपालिका९८ मा १८ देखि ५५ जना मानिस हिउँमा फसिरहेको तातोपानी गाउँपालिकाले अनुमान गरेको छ । ‘जडिबुटी ९ खिरौलो० कोर्न गएका गएका १८ देखि ५५ जना मानिस फसेका भन्ने खबर आएको छ, तर एकिन गर्न सकिएको छैन,’ गाउँपालिका अध्यक्षले भने , ‘वडाअध्यक्षसँग समन्वय भईरहेको छ ।’

उनले हिउँमा फसेका मानिसहरु ऐडि ओडार, गाग्री ओडार, खोटी सल्लामा बसेका जानकारी दिएका छन् । प्रहरी नायव उपरीक्षकका अनुसार हराएको मानिस ओडारमा बसेको खबर प्राप्त भएको छ । प्रमुख जिल्ला अधिकारीले सो क्षेत्रमा खाद्यान्न बोकेर हेलेकोप्टर जाने तयारी भए पनि हिउँ धेरै परेकाले तत्काल उद्धार गर्न सकिने अवस्था नरहेको जानकारी दिएकी छन् ।

प्रतिक्रिया लेख्नुहोस्