२०८३ बैशाख २, बुधबार

‘लगायौ कस्तो मोहनी’ बोलको गीतको भिडियो सार्वजनिक

गायिका प्राश्ना शाक्य र प्रताप दासको युगल स्वर रहेको गीत ‘लगायौ कस्तो मोहनी’ सार्वजनिक भएको छ ।

सन्जित श्रेष्ठको शब्द, संगीत रहेको गीतमा सन्जल भण्डारीको एरेन्ज छ । भिडियोमा मोडेल गरिमा शर्मा र बिष्णु नेपालको अभिनय देख्न सकिन्छ । सन्जित श्रेष्ठको छायाङ्कन, विजेश पौडेलको सम्पादन र निर्देशन भिडियो छ ।

भिडियो चर्चित सांगीतिक समूह ‘द नेक्स्ट’ ले आफ्नो आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । ‘द नेक्स्ट’ले यसअघि पनि राम्रा राम्रा गीतको म्युजिक सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्