२०८३ बैशाख १६, बुधबार

सातामा १५ सयले बढ्यो सुनको मूल्य

यो साता सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार गत शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्यले सुनको भाउ उकालो लागेको हो । यस्तै, यो साता चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेको छ । गत साताको शुक्रबार चाँदीको प्रतितोला मूल्य १२ सय ५० रुपैयाँ थियो ।

जुन, हिजो शुक्रबारसम्ममा ३० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ पुगेको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्