२०८३ अशोज ८, बिहिबार

१५औँ महाधिवेशनको लोगो सार्वजनिक गर्दै कांग्रेसले तय गर्‍यो नारा

नेपाली कांग्रेसले १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । बिहीबार कांग्रेसले फेसबुकमार्फत महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको हो ।

महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा कांग्रेसले तय गरेको छ ।

कांग्रेसले १६–१९ असोजमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्