२०८३ मंसिर १, सोमवार

राष्ट्रपति पौडेलले गराए तीन नवनियुक्त राजदूतलाई शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा डा. निश्चलनाथ पाण्डे, डा. कल्याणराज शर्मा र सुरेशकुमार कर्णले राजदूत पदको शपथ लिएका हुन् ।

शपथ लिनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन् ।

यसअघि राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई सम्बन्धित देशका लागि आवासीय राजदूतमा नियुक्त गरेका थिए ।

शपथग्रहण समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्