२०८३ मंसिर १, सोमवार

मंसिर महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर तोकियो, सानिमाले सबैभन्दा बढी ब्याज दिने

२० वटा वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले प्रकाशन गरेको नयाँ ब्याजदर तालिका अनुसार अधिकांश बैंकले ब्याजदरलाई स्थिर राखेका छन् । केही बैंककाे ब्याजदर भने घटेको छ ।

कात्तिकको तुलनामा मंसिरमा १४ वटा वाणिज्य बैंकले ब्याजदर यथावत् राखेका छन् । ६ वटा बैंकले ब्याजदर घटाएका छन् । तर, मंसिरका लागि ब्याजदर बढाउने बैंकको संख्या भने शुन्य छ ।

कुन बैंकमा कति ब्याज ?

मंसिर महिनाका लागि व्यक्तिगत र संस्थागत दुवैतर्फ सबैभन्दा धेरै ब्याज दिने बैंक सानिमा बैंक रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्