२०८३ मंसिर १, सोमवार

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूतको भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत सुधाकर दलालले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटका अवसरमा परराष्ट्रमन्त्री खनालले राजदूत दलाललाई नेपालका लागि नियुक्त भएकोमा बधाई दिँदै सफल र फलदायी कार्यकालको शुभकामना दिएका थिए ।

भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । साथै दुवै देशबीच लामो समयदेखि कायम मित्रता र सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्