२०८३ बैशाख २, बुधबार

‘माया गर्न मन छ’ बोलको गीत सार्वजनिक

नयाँ रोमान्टिक गीत ‘माया गर्न मन छ’ सार्वजनिक भएको छ । प्रविन बेडवालको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । गीतमा संगीत संयोजन फणीन्द्र राईको छ । गीतमा प्रेमीले प्रेमीकालाई माया गर्न मन भएकोले आफ्नो अँगालोमा आउन आग्रह गरेका छन् ।

रोमान्टिक प्रेमकथा देखाउन खोजिएको गीतको भिडियोमा फिल्म मंगलम् जोडी अभिनेता पुष्प खड्का र अभिनेत्री शिल्पा पोखरेलको अभिनय देख्न सकिन्छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोका निर्माता तेजी प्रसाई हुन् । भिडियोमा हरि हुमागाईको छायाङ्कन र विकाश दाहालको सम्पादन रहेको छ । गीत गीतकार प्रसाईकै च्यानल प्रसाई सन इन्टरटेनमेन्ट टुयुट्वबाट सार्वजनिक भएको हो ।

एकदशक अगाडिदेखि गीत लेखन गर्दै आएका गीतकार परिष्कृतका शब्दमा थुप्रै गीत बजारमा आएका छन् भने धेरैले चर्चा समेत कमाएका छन् । चितवन स्थायी घर भएका प्रसाई सानैदेखि गीत, कविता गुनगुनाउने गर्दथे । गीत, कविता र गजल समेत लेखन गर्दै आएका प्रसाई पछिल्लो समय अमेरिका रहँदै आएका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्