२०८३ असार १२, शुक्रबार

सर्लाहीमा करेन्ट लागेर युवकको मृत्यु, एक सिकिस्त

सर्लाहीमा शनिबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ भने एक जना सिकिस्त भएका छन् । मृत्यु हुनेमा बागमती नगरपालिका ८ बस्ने २५ वर्षका रामु महतो रहेको प्रहरीले जनाएको छ ।

नगरपालिकाको वडा नम्बर २ बस्ने कुमार परियारको घरको छत ढलानको लागि रड सेटिङ गर्ने क्रममा घर छेउमा रहेको बिजुलीको तारमा रडले छुदा उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर सिकिस्त भएका उनलाई स्थानीय अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपीले जानकारी दिएका छन् ।

करेन्ट लागेका रामुलाई बचाउने क्रममा २१ वर्षका दीपककुमार महतोलाई पनि करेन्ट लागेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्